समस्याग्रस्त बन्यो सुपर लघुवित्त, नक्कली ऋणी खडा गरी कर्जा प्रवाह गरेको खुलासा

काठमाडौं । सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा भएको छ । दाङमा केन्द्रीय कार्यालय रहेको यो कम्पनीलाई नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको हो ।
कम्पनीको २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार राष्ट्र बैंकले नेपाल राष्ट्र बैंकले २०७८ सालको असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार संस्थालाई समास्या ग्रस्त घोषणा गरेको छ ।
संस्थाको वित्तीय विवरणको आधारमा गरिएको समष्टिगत स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणबाट कम्पनीका अध्यक्ष तथा सदस्यहरु प्रत्यक्ष सम्मिलित भई संस्थाको हितविपरित व्यक्तिगत लाभका नक्कली ऋणी खडा गरि कर्जा प्रवाह गरेको पाइएको हो ।
संस्थाको प्राथमिक पुँजी कोष अनुपात १०.३१ प्रतिशतले ऋणात्मक रहेकाले २०७८ चैत २ गते बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (क), (ख) र (ग) बमोजिमको कारवाही गरेको राष्ट्र बैंकले जनाएको ।
राष्ट्र बैंकद्वारा जारी सूचनामा भनिएको छ,- ‘उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त घोषणा गर्नु नपर्ने कुनै कारण भए स्पष्टीकरण पेश गर्न निर्देशन दिइएकोमा संस्थाले पेश गरेको स्पष्टीकरण सन्तोषजनक नदेखिएको तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख को (क), (ख), (घ), (च) तथा (ज) को अवस्था विद्यमान रहेको देखिएकोले उक्त संस्थालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ८६ ख बमोजिम समस्याग्रस्त वित्तीय संस्थाको रुपमा घोषणा गरिएको छ ।’
