साढे ६ अर्बको कस्मेटिक भित्रियो, कुन देशबाट कति ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

साढे ६ अर्बको कस्मेटिक भित्रियो, कुन देशबाट कति ?



काठमाडौं । गत आर्थिक बर्ष २०७८/७९ मा नेपालले विभिन्न मुलुकबाट साढे ६ अर्ब रुपैयाँ बराबरको कस्मेटिक सामाग्री नेपाल भित्राएको छ ।

भारत, चिन र अन्य विभिन्न मुलुकबाट ६ अर्ब ५० करोड रुपैयाँ बराबरको कस्मेटिक सामाग्री भित्रिएको हो ।मानिसले प्रयोग गर्ने सौन्दर्य समाग्रीहरु अधिकांश चीन र भारतबाट नेपाल आयात हुने गर्छ । चीन र भारत बाहेकका मुलुकबाट पनि ठूलो रकमको सौन्दर्य सामाग्री आयात हुने केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ ।

तथ्यांक अनुसार गत आवमा चिनबाट ९८ करोड रुपैयाँ बराबरको कस्मेटिक सामाग्री भित्रिएको थियो । जुन रकम अघिल्लो आवको तुलनामा भने कम हो । अघिल्लो आवमा भने एक अर्ब चार करोड रुपैयाँ बराबरको यस्तो सामान आयात भएको थियो ।

त्यस्तै भारतबाट भने गत आवमा तीन अर्ब ५१ करोड रुपैयाँ बराबरको भित्रिएको थियो । यो रकम अघिल्लो आवको तुलनामा २२.३ प्रतिशतले बढी हो । अघिल्लो आवमा दुई अर्ब ८७ करोड रुपैयाँ बराबरको कस्मेटिक सामान आयात भएको थियो ।

अन्य मुलुकबाट भने झण्डै दुई अबै रुपैयाँ बराबरको कस्मेटिक समानहरु भित्राएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत बर्ष एक अर्ब ९९ करोड रुपैयाँ बराबरको कस्मेटिक समान भित्रिएको छ ।

अघिल्लो आवको तुलनामा यो रकम २७ प्रतिशतले बढी हो । अघिल्लो आवमा एक अर्ब ५७ करोड रुपैयाँ बराबरको कस्मेटिक समान भित्रिएको थियो ।


प्रतिक्रिया दिनुहोस्