द ब्रिटिस कलेजको आयोजनामा ओमन इन बिजनेश छलफल सकियो
काठमाडौँ । द ब्रिटिस कलेजले टिबिसी ओमन इन बिजनेश कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको मुख्य नारा ‘महिला उद्यमशिलता’ भएसगैँ उदेश्य नयाँ ज्ञानहरु आदान प्रदान गर्नु, नेटवर्क विस्तार गर्नु, रचनात्मक विकासका लागि सहकार्य गर्नु तथा इकोसिस्टममा आर्थिक योगदान रहेको थियो ।
कलेजको परिसरमा आयोजित महिला उद्यम प्रवद्र्धनमा युवा र उदयीमान उद्यमी विषयक गोष्ठीमा प्यानल छलफल, किनोट, नेटवर्क सेसनलाई कलेजले होस्ट गरेको थियो । कलेजका सिइओ राजन कडेँलले कार्यक्रमलाई सम्बोधन गर्दै रचनात्मक, आलोचनात्मक र निरन्तर सिकाईले संस्कृतिलाई प्रोत्साहनमार्फत नेपालको उद्यमशील इकोसिस्टमलाई सहयोग गर्ने बताए ।
प्यानल छलफल सेसनमा पुर्व मिस नेपाल र माकुसी सुइट्सकी संस्थापक अनुष्का श्रेष्ठ, डा. स्रुजना श्रेष्ठ (डर्माटोलोजिष्ट), डिजाइनर सिवाङ्गी प्रधान, द बिउटीबारकी संस्थापक इत्छ्या कार्की रहेका थिए । छलफललाई कलेजकी प्रोगाम लिडर (पोस्टग्राजुयट बिजनेस र म्यानेजमेन्ट प्रोगाम) निष्ठा राजभण्डारीले मोडरेट गरेकी थिइन् ।
ब्लिंकनाउ फाउण्डेशनकी संस्थापक तथा सन् २०१५ को सिएनएन हिरो म्यागी डोयनले सामाजिक उद्यमशिलताबारे आफ्नो धारणा राखेकी थिइन् । उनले कार्यक्रमलाई सम्बोधन गर्दै सकारात्मक सामाजिक परिवर्तनका लागि क्षमता पहिचान गर्नुपर्नेमा जोड दिइन् । त्यस्तै कलेजकी इएमबिए स्टुडेन्ट इन्टरप्रेनर तथा राष्ट्रिय व्यवसायिक महत्वपुर्ण व्यक्ति अवार्ड पनि पाएकी सुनिता शेर्पाले आफ्नो उद्यमी यात्राबारे बताएकी थिइन्।
त्यस्तै कलेजकी बिजनेश स्कुल हेड सुनिता बस्नेतले महिलाहरुलाई व्यवसाय र सामाजिक उद्यमशिलतामा प्रोत्साहन र सहयोग गर्न प्रतिबद्ध रहेको कुरामा जोड दिइन्। यस्ता कार्यक्रमहरुमार्फत रचनात्मक परिवर्तनका लागि पहल हुने कलेजले विश्वास लिएको छ।


















