भोलिदेखि हराएका र चोरिएका मोबाइल नचल्ने « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

भोलिदेखि हराएका र चोरिएका मोबाइल नचल्ने



काठमाडौं । भोलि देखि गैर कानुनी रूपमा नेपाल भित्राइएका मोबाइल नचल्ने भएका छन् । त्यस्तै, हराएका मोबाइल पनि नचल्ने भएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि अर्थात् भदौ ३१ गते देखि प्राधिकरणले सञ्चालनमा ल्याएको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) मा दर्ता नभएका मोबाइल नचल्ने जनाएको छ ।

प्राधिकरणले गैर कानुनी रूपमा आयात, विक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ गर्न एसएमएस सञ्चालनमा ल्याएको हो । प्राधिकरणका अनुसार आज अर्थात् भदौ ३० गतेसम्म नेपाल भित्र रहेका मोबाइल स्वतः रूपमा एमडिएमएसमा दर्ता हुनेछन् ।

तर, भदौ ३१ गते देखि मोबाइल खरिद गर्नु अघि प्रणालीमा दर्ता भए नभएको यकिन गरेर मात्रै मोबाइल खरिद गर्न प्राधिकरणले सूचना जारी गरेको छ । त्यस्तै मोबाइल व्यवसायीलाई पनि प्राधिकरणबाट अनुमति लिएर मात्रै मोबाइल भित्राउन आग्रह गरेको छ । व्यक्तिगत रूपमा विदेशबाट नेपाल ल्याइएका मोबाइल एक जना व्यक्ति एउटासम्म प्रयोग गर्न पाउनेछन् । यसका लागि व्यक्ति आफैले प्राधिकरणमा गएर मोबाइल नम्बर दर्ता गराउनु पर्नेछ ।


प्रतिक्रिया दिनुहोस्