२० प्रतिशत बोनस सेयर तपाईको खातामा आयो ? « Arthapath.com
२ आश्विन २०७९, आईतवार

२० प्रतिशत बोनस सेयर तपाईको खातामा आयो ?



काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाले बोनस सेयर वितरण गरेको छ । कम्पनीले २०७८ पुस २९ गते सम्पन्न १९ औं वार्षिक साधारण सभाबाट पारित २० प्रतिशत बोनस सेयर वितरण गरेको हो ।

कम्पनीले उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा भदौ ३० गते सूचीकृत भएको हो ।

भौतिक रुपमा सेयर धारण गरेका सेयरधनीहरुले कम्पनीको सेयर अभौतिकीकरण गराए पश्चात सम्वन्धित हितग्राही खातामा बोनस सेयर जम्मा गरिने कम्पनीले जनाएको छ ।

यसका साथै हितग्राही खाता खोल्न बाँकी र गत आवहरुको सेयर प्रमाणपत्र संकलन नगरेका सेयरधनीहरुले कम्पनीको सेयर रजिष्ट्रार नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग काठमाडौंबाट प्रमाणपत्र संकलन गरि सेयर अभौतिकीकरण गर्न कम्पनीले अनुरोध गरेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्