नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री : कति पर्छ मूल्य ? यस्ता छन् फिचर्सहरु « Arthapath.com
६ आश्विन २०७९, बिहीबार

नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री : कति पर्छ मूल्य ? यस्ता छन् फिचर्सहरु



काठमाडौं । नेपालमा थप दुई इलेक्ट्रिक स्कुटरको इन्ट्री भएको छ । सीजी मोटर्सले नेपालमा दुई इलेलिक्ट्रक स्कुटर भित्रिएको हो ।

काठमाडौंको भृकुटीमण्डपमा आजदेखि सुरु भएको नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालद्वारा आयोजित ‘नाडा इभि एक्स्पो २०२२’ मा ओलाको दुई इलेक्ट्रिक स्कुटर सार्वज्निक गरिएको हो ।

इभी एक्स्पोमा ओलाको एसवान र एसवान प्रो गरि दुई मोडेलका इलेक्ट्रिक स्कुटर प्रदर्शनीमा राखिएको छ । यी दुवै इलेक्ट्रिक स्कुटर ८.५ किलोवाटको मोटर जडान गरिएको छ । ओला एसवान वेस मोडलको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा र एसवान प्रोको टप स्पीड १ सय १५ किलोमिटर प्रतिघण्टा रहेको छ ।

ओला एस वानले एक पटकको फुलचार्जमा १२१ किलोमिटर रेन्ज प्रदान गर्दछ । त्यस्तै एसवान प्रोले एक पटकको फुलचार्जमा १८१ किलोमिटर रेन्ज प्रदान गर्छ ।

यी स्कुटरमा रिभर्स मोड, हिल होल्ड, क्रुज कन्ट्रोल, ७ इन्च टचस्क्रीन जस्ता फिचर रहेको छ । नेपली बजारमा ओला एसवान इलेक्ट्रिकुटरको ३ लाख रुपैयाँदेखि ३ लाख ५० हजार रुपैयाँसम्म पर्दछ । यस्तै, अर्को ओला एसवान प्रोको भने साढे ३ लाख रुपैयाँदेखि ४ लाख रुपैयाँसम्म मूल्य तोकिएको छ।ओला इलेक्ट्रिक विभिन्न १० कलरहरुमा उपलब्ध रहेका छन् ।

Tags :

प्रतिक्रिया दिनुहोस्