७ दिन बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधाको भुक्तानी अवधि पनि थप हुने « Arthapath.com
१३ आश्विन २०७९, बिहीबार

७ दिन बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधाको भुक्तानी अवधि पनि थप हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले खुला बजार कारोबार सम्वन्धी कार्यविधि संशोधन गरेको छ ।

राष्ट्र बैंकको असोज १२ गतेको निर्णयानुसार खुला बजार कारोबारसम्बन्धी कार्यविधि, २०७८ को परिच्छेद–१५ स्थायी तरलता सुविधा सम्बन्धी व्यवस्थाको बुँदा नम्बर ४९ (६) मा रहेको व्यवस्थालाई संशोधन गरेको हो ।

नयाँ व्यवस्था अनुसार लगातार ७ दिन बढी सार्वजनिक बिदा परे स्थायी तरलता सुविधाको भुक्तानी अवधि थप हुने भएको छ । यसअघि स्थायी तरलता सुविधा ७ दिनको लागि मात्रै पाइने व्यवस्था रहेको थियो ।

संशोधित व्यवस्थामा भनिएको छ- ‘स्थायी तरलता सुविधाको अधिकतम भुक्तानी समयावधि हाल ७ कार्यदिन रहेको छ । तर, ७ दिन वा सोभन्दा बढी अवधिको सार्वजनिक बिदा परेको अवस्थामा यस्तो अवधि बिदा पश्चात कार्यालय खुल्ने दिनसम्मका लागि कायम गर्न बाधा पुगेको मानिने छैन ।’


प्रतिक्रिया दिनुहोस्