दशैं बिदामा हुनुहुन्छ ? यी ५ पुस्तक पढ्ने की… « Arthapath.com
१७ आश्विन २०७९, सोमबार

दशैं बिदामा हुनुहुन्छ ? यी ५ पुस्तक पढ्ने की…



काठमाडौं । दशैका लागि सरकारी अफिसदेखि सबै निजी क्षेत्रमा समेत बिदा भइसकेको छ । लामो दुरीको यात्रा गर्ने ब्यक्ति आफ्नो गन्तब्य स्थान सम्म पुगि सकेका समेत छन् । वर्ष भरी सबै भन्दा लामो बिदा दशै तिहारमा हुने भएकाले मानिसले यो समयमा अनेकौ तरिकाबाट रमाइलो गने खोजि रहेका हुन्छन । कोही साथिभाइसँग घुम्न जाने, कोही गाउँघर मै रमाउने, कोही घरायसी काम सिक्ने, कोही नयाँ किताब अध्ययन गर्ने लगायत अनकौ सोच बनाएका हुन्छन् ।

विद्यार्थी र कर्मचारीको लागि बर्ष भरीको लामो विदा यसै पाला हुन्छ । कर्मचारीले थप एक महिनाको तलव दशै खर्च भनेर पाउछन् । त्यसलाई भातमासु र नया कपडा मा मात्रै खर्च गर्दैनन् । नया पुस्तक पनि खरीद्छन् । लामो दुरीको यात्रा गर्दा बसमा किताब बढ्दा समेत उपयुक्त हुन सक्नेछ । हामीले भने आज दशै बिदाको समयमा कुन पुस्तक पढ्दा उपयुक्त तथा समय सार्दभिक हुन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरेका छौ ।

पुस्तक पढ्दा आनन्द आउँछ । पुस्तकले मान्छेलाई सबैकुरा बुझ्ने र देख्ने बनाउँछ । पुस्तकले मानिसलाई भद्र तथा परिपक्व बनाउँछ । यति मात्र होइन, मानिसको व्यक्तित्वमा सकारात्मक प्रेरणा पनि थपिदिन्छ । राम्रो पुस्तकले व्यक्तित्व विकासदेखि आफू तथा समाज र जीवनप्रतिको बुझाइ फराकिलो बनाइदिन्छ । राम्रा पुस्तकले मानिसलाई सन्तुष्टि, र शान्ति दिन्छ ।
प्रतिस्पर्धा बजारमा हामीले भनेका पुस्तक मात्र उपयुक्त हुन भनाइ हाम्रो होइन तर यी पुस्तक बढ्दा तपाईलाई केही कुरा सिक्ने मौका अवश्य मिल्नेछ ।

१) सुविन भट्टराई– इजोरिया
उपन्यास ‘इजोरिया’ मा बहुआयामिक कथा रहेको छ । अहिले उक्त पुस्तक समाजिक संजालदेखि बजारमा चर्चा पाइरहेको छ । पारिवारका सदस्यबीच देखिएको प्रेम, घृणा र द्वन्द्वलाई लेखक भट्टराईले कथामा उतारेका छन् । यसअघिका सबै पुस्तकमा लगभग काठमाडौं केन्द्रित भएर कथा लेख्ने भट्टराईले यस पटक भने कथा टिप्न मधेस पुगेका छन्।
‘इजोरिया’ मैथिली शब्द हो । यसको अर्थ जुनेली हो ।

२) बदलिँदो नेपाली समाज– चैतन्य मिश्र
बदलिँदो नेपाली समाज परिवर्तनको मझधारमा रहेको नेपाली समाजको जिउँदो तस्बिर हो । यस पुस्तकमा राज्यसत्ता, समाज, परिवार र व्यक्तिबीचका सम्बन्ध, सङ्घर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे माक्र्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो विश्लेषण गरिएको छ । यस पुस्तकमार्पmत नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ । चैतन्य मिश्र नेपालका अगुवा समाजशास्त्री हुन् । मौलिक, आलोचनात्मक र अद्यावधिक सोचाइ एवम् लेखाइका लागि समाजशास्त्रीय क्षेत्रमा मिश्रजति उचाइ पाएका नेपाली चिन्तक कमै छन् । मिश्र नेपालमा विकसित भइरहेको विशिष्ट चरित्रको पुँजीवादबारे माक्र्सवादी दृष्टिकोणबाट खोज र विश्लेषण गर्दै आएका छन् ।

३) तुषानल-देवप्रकाश त्रिपाठी
पत्रकार देवप्रकाश त्रिपाठीद्वारा लिखित ‘तुषानल’ कृति राजनितीमा चासो राख्नेका लागि उत्कृष्ट पुस्तक हुन सक्छ । तुषानल अर्थात् भुसको आगोको नाममा प्रकाशन भएको पुस्तकमा मुलुकमा बहुदलीय प्रजातन्त्र स्थापना भएपछिको सत्ता राजनीति, नेताको भूमिका, देशको अवस्थालगायत विषयवस्तु समेटिएको छ ।

४) रवीन्द्र मिश्रका उत्कृष्ट पुस्तक
राजनीतिमा चासो राख्नेले पढ्नै पर्ने अर्को पुस्तक प्रयोगशाला पनि रहेको छ । रवीन्द्र मिश्रको विचार भन्दा माथि देश पनि उत्कृष्ट पुस्तक रहेको छ भने राजनितीसँगै राजकाज पनि उत्कृष्ट पुस्तक हुन सक्छ ।

५)सेतो बाघ (उपन्यास) -डायमनसम्शेर राणा

उपन्यासहरुमा सेतो बाघ नेपालको कहाली लाग्दो इतिहासको सुन्दर प्रश्तुति हो । पढ्दा पटक्कै अल्छी नलाग्ने, सुरुदेखी अन्त्यसम्मै पाठकलाई बाँधेर राख्न सक्ने यस्ता उपन्यासहरु नेपाली साहित्यमा कमै देख्न पाइन्छ । यसमा जङ्गबहादुरको वंशको पतन कसरी भयो भन्ने कुरा देखाईएको छ । प्रेमका कुराहरु पनि छन् साथै ईर्ष्या, घृणा, धोका, षड्यन्त्र आदीको पनि सजीव चित्रण गरिएको छ । पैसा, पावर र कुर्सीले कसरी आफन्त–आफन्तहरु विचमै दुश्मनी पैदा गराउँछ भन्ने जान्न चाहनु हुन्छ भने यो उपन्यास पढ्नुस । पुरानो उपन्यास भएपनि यसमा बुझ्दै नबुझिने, कठीन शब्दहरुको प्रयोग गरिएको छैन ।


प्रतिक्रिया दिनुहोस्