आरएसडीसी लघुवित्तको नाफामा छलाङ: पहिलो त्रैमासमै शतप्रतिशत वृद्धि, कस्ता देखिए अन्य सूचक ? « Arthapath.com
३ कार्तिक २०७९, बिहीबार

आरएसडीसी लघुवित्तको नाफामा छलाङ: पहिलो त्रैमासमै शतप्रतिशत वृद्धि, कस्ता देखिए अन्य सूचक ?



काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ ।

विवरण अनुसार चालु आवको पहिलो त्रैमासमा ३ करोड ८२ लाख ३१ हजार रुपैयाँ खुद नाफा गर्न सफल भएको छ । कम्पनीको यो नाफा गत वर्षको सोही अवधिको तुलनामा भने १०१.९८ प्रतिशतले बढी हो । गत वर्षको असोज मसासन्तसम्ममा कम्पनीले १ करोड ८९ लाख २८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

चालु आवको असोज मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी पनि ११९.३३ प्रतिशतले वृद्धि भई ७ करोड ६५ लाख २ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोही अवधिमा कम्पनीको आम्दानी ३ करोड ४८ लाख ८० हजार रुपैयाँ रहेको थियो ।

उक्त अवधिमा कम्पनीको संचालन नाफा पनि ११२.८८ प्रतिशतले वृद्धि भई ५ करोड ४६ लाख १६ हजार रुपैयाँ कायम भएको छ । कम्पनीको कुल संचालन आम्दानी भने ८ करोड ५४ लाख ४० हजार रुपैयाँ देखिएको छ । उक्त अवधिमा कम्पनीको वितरण योग्य नाफा ३ करोड १० लाख ३८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खराब कर्जा पनि घटेको छ । गत वर्षको असोज मसान्तसमा ०.२८ प्रतिशत रहेको खराब कर्जा यस वर्षको सोही अवधिमा भने ०.६ प्रतिशतमा झारेको छ ।

कम्पनीको चुक्ता पुँजी ८० करोड ५१ लाख ५५ हजार रुपैयाँ रहेको छ । कम्पनीले जगेडा तथा कोषमा भने २१ करोड ७० लाख ९० हजार रुपैयाँ राखेको छ ।

कम्पनीको प्रतिसेयर आम्दानी पनि ८ रुपैयाँ ६५ पैसाले वृद्धि भई १८ रुपैयाँ ९९ पैसा कायम भएको छ । कम्पनीको प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९६ पैसा रहेको छ ।

Tags :

प्रतिक्रिया दिनुहोस्