सोल्टी होटलको १० वर्षे लाभांश इतिहाँस: कुन वर्ष कति बाँड्यो ? « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

सोल्टी होटलको १० वर्षे लाभांश इतिहाँस: कुन वर्ष कति बाँड्यो ?



काठमाडौं । सोल्टी होटल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्तापुँजी आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर र २१.३१५७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

अब उक्त लाभांश नियमक निकायबाट स्वीकृत भएपछि आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुलाई वितरण गरीनेछ । कम्पनीले पुष २८ गते नेपाल प्रज्ञा भवन, काठमाडौंमा बिहान ११ बजे बस्ने गरी साधारण सभा आह्वान गरेको छ ।

लाभांश वितरणका लागि कम्पनीले पुष ७ गतेदेखि पुष २८ गतेसम्म बुकक्लोजको गर्ने हुदाँ ६ गतेसम्म नेप्सेमा कायम शेयरधनीहरुमात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश प्राप्त गर्ने सक्नेछन् ।

कम्पनीले सबै भन्दा बढी लाभांश आर्थिक वर्ष २०७०।२०७१ मा दिएको थियो । सो समयमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई ४० प्रतिशत बोनस शेयर र १७.८९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

कम्पनीले आर्थिक वर्ष २०७६।०७७ र आर्थिक वर्ष २०७७।०७८ मा भने शेयरधनीहरुलाई लाभांश वितरण गरेको थिएन । त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०६९।०७०, २०६८।०६९ र २०६७।०६८ मा भने ५२.६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

त्यस्तै, कम्पनीले आर्थिक वर्ष २०७३।०७४ र आर्थिक वर्ष २०७२।०७३ मा सबै भन्दा कम लाभांश लगानीकर्ताहरुलाई बाडेको छ । यस आर्थिक वर्षमा कम्पनीले २१.०५ प्रतिशत लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्