लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौं । नाबालिका बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शुक्रबार दुबै पक्षको बहस सकिएको हो । बहस सकिएसँगै अदालतले आदेश दिएको हो ।












