भूकम्प पीडितलाई एक लाख सहयोग गर्ने डोटी एमालेको घोषणा
काठमाडौं । नेपाल एमाले डोटीले भूकम्प पीडितको राहत तथा उद्धारका लागि जिल्ला व्यवस्थापन समितिलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।
एमाले जिल्ला अध्यक्ष चक्र मल्लले सहयोगको घोषणा गरेका हुन् । अध्यक्ष मल्लले एक दुखत घटना भएको र पीडीतको घाउमा मलम लगाउन एमाले डोटी कमिटिले उक्त रकम दिने बताए । आफु लगायत आफ्नो टिम भूकम्प पिडितलाई उद्धार गर्ने राति देखि नै लागि परेको समेत उनले जानकारी दिए । मल्ल मंसिर ४ गते हुने निर्वाचनमा प्रदेश सभाबाट डोटी क्षेत्र न (क) बाट उम्मेदवारी दिएका छन् । भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिका–३ ठाँडागाउँका ६ जनाले ज्यान गुमाएका छन् भने ५ जना गम्भिर घाइते भएका छन् ।
डोटी केन्द्रविन्दु भएर बुधबार बिहान २ बजेर १२ मिनेर राति भूकम्प गएको थियो । ६.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा
१.प्रेम बोहरा-50वर्ष
२. भगवती बोहरा-40वर्ष
३.सीता बोहरा-23वर्ष
४. हर्क बोहरा-8बर्ष
५.धन्सरी बोहरा-14वर्ष
६. तुल्छी बोहरा-14वर्ष गरि अहिले सम्म ६ जनाको ज्यान गैसकेको छ भने अन्य ६ जना घाइते भएका छन।













