डोटीमा राति २ बजेको भूकम्पले भताभुङग भएका घर (फोटोफिचर) « Arthapath.com
२४ असार २०८३, बुधबार

डोटीमा राति २ बजेको भूकम्पले भताभुङग भएका घर (फोटोफिचर)



काठमाडौं । डोटी केन्द्रविन्दु भएर बुधबार बिहान २ बजेर १२ मिनेर राति भूकम्प गएको थियो । ६.६ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पले घर भत्काउँदा ज्यान गुमाउनेको संख्या ६ पुगेको छ । घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा

१.प्रेम बोहरा-50वर्ष

२. भगवती बोहरा-40वर्ष

३.सीता बोहरा-23वर्ष

४. हर्क बोहरा-8बर्ष

५.धन्सरी बोहरा-14वर्ष

६. तुल्छी बोहरा-14वर्ष गरि अहिले सम्म ६ जनाको ज्यान गैसकेको छ भने अन्य ६ जना घाइते भएका छन।


प्रतिक्रिया दिनुहोस्