विद्युत प्राधिकरणको चेतावनीपछि इन्टरनेट सेवाप्रदायकले सिंहदरबार हुदैं सुरु गरे तार व्यवस्थापन « Arthapath.com
२७ कार्तिक २०७९, आईतवार

विद्युत प्राधिकरणको चेतावनीपछि इन्टरनेट सेवाप्रदायकले सिंहदरबार हुदैं सुरु गरे तार व्यवस्थापन



काठमाडौं । इन्टरनेट सेवा प्रदायक संघले इन्टरनेट सेवा प्रवाह गर्न प्रयोग भएका तारहरुलाई प्राथमिकताका आधारमा व्यवस्थित गरी सहर सौन्दर्यता र जोखिम न्यूनीकरणलाई ध्यानमा राखी देशका विभिन्न ठाउंहरु अल्पकालीन समाधानबाट तार व्यवस्थापन गर्दै आएको छ ।

सोही अन्तर्गत राजधानीको मुटु सिंहदरबार वरिपरि Phasewise व्यवस्थापन कार्य नेपाल दूरसंचार प्राधिकरण, काठमाडौँ महानगरपालिका, ट्राफिक प्रहरी कार्यालय(काठमाडौँ उपत्यका), नेपाल बिद्युत प्राधिकरण समेतको सहकार्यमा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले तार व्यवस्थापन कार्य सुरु गरेका छन् । हाल Phase 1 को कार्य पुतलीसडकदेखि रामशाहपथ हुँदै अघि बढी रहेको छ। त्यसैगरी बाँकि कार्य पनि तालिका अनुरुप रहने छ ।

United Nation ले ’इन्टरनेट पहुँचलाई मानवअधिकारको रुपमा’ स्थापित गरिसकेको छ भने नेपाल सरकारले इन्टरनेट सेवालाई अत्यावश्यक सेवाको रुपमा लिएको छ । यसकारण इन्टरनेट सेवा अवरुद्ध नहुने गरी unused तारहरु हटाएर, bunching लगायतका विधि÷ उपायबाट तार व्यवस्थापन कार्य भईरहेको छ ।

बिसौं बर्षदेखि रहेको तारहरुको व्यवस्थापनको लागि अल्पकालिन समाधानबाट इन्टरनेट सेवा प्रदायक संघले कार्य गरिरहेको छ । दीर्घकालिन समाधानका लागि संघले infrastructure company का लागि नेपाल सरकारसंग लामो समयदेखि पहल गर्दै आएको छ । त्यस्तै दूरसंचार सेवा प्रवाह गरिरहेका तारहरुका लागि छुटयाईको Duct (भूमिगत Duct/ Underground Infrastructure) को सहज पहुँचका लागि नेपाल बिद्युत प्राधिकरणलाई अनुरोध गर्दै आएको व्येहोरा यसै प्रेस विज्ञप्ति मार्फत जानकारी गराउदछौं ।


प्रतिक्रिया दिनुहोस्