क्रियापुत्री बसेका समानुपातिक उम्मेदवार अधिवक्ता पोखरेलले गरे मतदान « Arthapath.com
२४ असार २०८३, बुधबार

क्रियापुत्री बसेका समानुपातिक उम्मेदवार अधिवक्ता पोखरेलले गरे मतदान



काठमाडौं । क्रियापुत्री बसेका समानुपातिकका उम्मेदवार अधिवक्ता भुपेन्द्र पोखरेलले मतदान गरेका छन्।

राप्रपा नेपालबाट समानुपातिक सांसदका उम्मेदवार पोखरेलले हेटौंडा उपमहानगरपालिका –७ बडान केन्द्रमा बिहान ८ बजे मतदान गरेका हुन । उनले करिब डेढ किलोमिटर हिडेर मतदान गरेका हुन ।

समानुपातिक उम्मेदवार पोखरेलसंगै तीन दाजुभाइ र परिवार सदस्यले पनि मतदान गरेका थिए। पोखरेलकि आमा देवकुमारी पोखरेलको गत कात्तिक २८ गते निधन भएको थियो। आमाको निधन पछि उनी काजक्रियामा बसेका थिए।

अधिवक्ता पोखरेल प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनमा बागमती प्रदेशबाट समानुपातिकको सिफारिस सूचीमा परेका हुन् । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पोखरेललाई समानुपातिक उम्मेदवार छानेका हुन् । अधिवक्ता पोखरेल राप्रपा नेपालको मानव अधिकार तथा कानून विभागको सचिव समेत हुन् ।

पार्टीका केन्द्रीय सदस्य समेत रहेका पोखरेल लामो समयदेखि निष्ठा र इमानदारीपूर्वक कानून व्यवसायमा सक्रिय छन् । न्यायालय तथा न्यायिक प्रणालीमा भएका बेथितिविरुद्ध पोखरेल सँधै आवाज उठाउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस्