एमाले र काँग्रेसका कार्यकर्ताबिच बाजुरामा झडप

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बाजुरामा झडप भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका वडा नम्बर ५ नन्देश्वरीमा एमाले र काँग्रेसका कार्यकर्ताबिच झडप भएको हो।
दुई पार्टीका कार्यकर्ताबिच झडप भएपछि मतदान स्थगित भएको बाजुरा प्रहरीले बताएको छ। जिल्लाको बुढिगंगा नगरपालिका(८ को मतदान केन्द्र, बुढीनन्दा(५ र स्वामिकार्तिक खापर गाउँपालिका(४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।