निर्वाचन आयोगले भन्यो: १२:४५ बजेसम्म ३२ प्रतिशत मतदान भयो
काठमाडौं । निर्वाचन आयोगले दिउँसो १२.४५ सम्म ३२ प्रतिशत मतदान भएको छ बताएको छ ।
छिटपुट घटना बाहेक मतदान शान्त र भयरहित वातावरणमा मतदान भइरहेको आयोगले जनाएको छ । यो पटकको निर्वाचनमा विहानको समयमा मतदान गर्नेहरुको संख्या कम देखिएको आयोगले बताएको छ । चिसोको मौसम भएको हुदाँ मतदानमा कमि आएको र अबको समय मतदान धमाधम सुरु हुने आंकलन आयोगको रहेको छ ।












