काठमाडौंमा बिना पासका करिब १५ सय सवारी ‘होल्ड, साँझ ७ बजेपछि मात्र चलाउन पाउने « Arthapath.com
२४ असार २०८३, बुधबार

काठमाडौंमा बिना पासका करिब १५ सय सवारी ‘होल्ड, साँझ ७ बजेपछि मात्र चलाउन पाउने



काठमाडौं । काठमाडौं उपत्यकाभित्र ट्राफिक प्रहरीले बिना पासका १४ सय ३६ सवारीसाधनलाई ‘होल्ड’ गरेको छ ।

दुई पांग्रे सवारीसाधन १३ सय ४९ वटा र चार पांग्रे सवारीसाधन होल्ड गरिएको हो । सरकारले प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि शनिबार राति १२ बजेदेखि पासबिनाका सवारीसाधन चलाउनमा रोक लगाएको थियो ।

यी सवारीसाधन ७ बजेपछि मात्रै सवारी धनीलाई जिम्मा दिइने छ । साथै काठमाडौं उपत्यकाभित्र साँझ ७ बजेपछि सवारीसाधन चलाउन पाइनेछ ।


प्रतिक्रिया दिनुहोस्