बाजुरामा सुरक्षाकर्मीको गोलि लागेर एक जनाको मृत्यु

काठमाडौं । सुदुरपश्चिम प्रदेशको बाजुरामा सुरक्षाकर्मीको गोलि लागेर एक जनाको मृत्यु भएको छ ।
जिल्लाको त्रिबेणि नगर पालिका वडा ७ को एक मतदान केन्द्रमामा गोलि चल्दा १ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोहि ठाउँका संजिव अयडी रहेको बताईएको छ । यस्तै गोली चलेपछि आधा दर्जन बढी स्थानीय घाइते भएका छन्। घाइतेहरुको पहिचान हुन सकेको छैन्।
घाईतको उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार हुन लागिरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । केही व्यक्तिले मतपेटीका खोस्न आएपछि झडप भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) भोला रावलले बताए । जिल्लाका ४।५ ठाउँमा रहेको मतदान केन्द्रमा दिनभर अवस्था तनावपूर्ण रहेका उनले बताए

