१३ ठाउँमा मतगणना: एमालेको ६ ठाउँमा अग्रता, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बराबर « Arthapath.com
५ मंसिर २०७९, सोमबार

१३ ठाउँमा मतगणना: एमालेको ६ ठाउँमा अग्रता, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी बराबर



काठमाडौं । मंसिर ४ गते मतदान सम्पन्न भएसँगै अहिले देशभर मतगणना सुरु भइरहेको छ । बिहान ११ बजेसम्म १३ ठाउँमा मतगणना सुरु भइरहदाँ एमालेले बढी ठाउँमा अग्रता लिएको छ ।

अहिले एमालेले ६ ठाउँमा, काग्रेसले ३ ठाउँमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ३ ठाउँमा, जनमत पार्टीले १ ठाउँमा अग्रता कायम गरेको छ । एमालेले झापा क्षेन न २, बाँके क्षेन न ३, धनुषा क्षेत्र न ३, ललितपुर क्षेन न १, ललितपुर क्षेत्र न ३, कैलाली क्षेत्र १ मा अग्रता लिएको छ ।

कांग्रेसले ३ ठाउँमा मुस्ताङ क्षेत्र न १, भक्तपुर क्षेत्र न २, काठमाडौं क्षेन न १ मा अग्रता रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ३ ठाउँमा काठमाडौं क्षेत्र न ६ र ७ र कास्की क्षेत्र न २ मा अग्रता कायम राखेको छ । त्यस्तै जनमत पार्टीले सप्तरी क्षेत्र न २ मा अग्रता कायम राखेको छ ।

चर्चित संचारकर्मी रबि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीले राम्रा नजिता ल्याउने आंकलन गर्ने थालिएको छ । पुराना पार्टीबाट रुष्ट भएका आम जनसमुदायलृ विकल्पको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्