बाजुरामा काँग्रेसका कार्यकर्ताले चेतन अयडीको हत्या, सदरमुकाम मार्तडी तनावग्रस्त « Arthapath.com
५ मंसिर २०७९, सोमबार

बाजुरामा काँग्रेसका कार्यकर्ताले चेतन अयडीको हत्या, सदरमुकाम मार्तडी तनावग्रस्त



काठमाडौं । सुदुरपश्चिम प्रदेशको बाजुराको सदरमुकाम मार्तडी तनावग्रस्त बनेको छ ।

आइतबार त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको छ । अयडीको उपचारका क्रममा अछामको बयलपाटा अस्पतालमा आज मृत्यु भएको हो ।

कुटपिट गरेर हत्या गरेको आरोपमा एमाले निकट विद्यार्थी नेताहरुले बजार टायर देखि योजनावद्ध आन्दोलन गरी रहेका छन् । बाजुराको त्रिवेणीलाई शान्तिपूर्ण अवस्थामा ल्याउन गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनदिए सँगै अहिले उक्त क्षेत्रमा सेना र प्रहरी परिचालन गरेको हो ।

सोहि ठाउँ सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सुरेन्द्र अयडीको पनि मृत्यु भएको थियो।


प्रतिक्रिया दिनुहोस्