ऐडीको हत्यारा कारबाही गर्ने अनेरास्ववियुको अल्टीमेटम, नभए आन्दोलनको आदिभेरी ल्याउने चेतावनी « Arthapath.com
५ मंसिर २०७९, सोमबार

ऐडीको हत्यारा कारबाही गर्ने अनेरास्ववियुको अल्टीमेटम, नभए आन्दोलनको आदिभेरी ल्याउने चेतावनी



काठमाडौं । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु सुदुरपश्चिम प्रदेश कमिटि र केन्दीय कमिटिले सत्ता गठबन्धनहरुको कुटपिटबाट मृत्यु भएका अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य चेतन ऐडी न्यायको माग गर्दै देशभर आन्दोलन गर्ने चेतावनी दिएको छ ।

सुदुरपश्चिम प्रदेश कमिटिका संयोजक मनोज राई र केन्द्रिय कमिटि अध्यक्ष सुनिता बरालले एक विज्ञप्ती जारी गर्दै हत्याको तत्काल छानबिन गरी अपराधिक कार्यमा संलग्नलाई २४ घण्टा भित्र प्रक्राउ गर्ने माग गरेको हो । हत्यामा संलग्न ब्यक्तिलाई तत्काल कारबाहीको दायरामा नल्याए जस्तो सुकै मुल्य चुकायन तयार हुने नेपाल सरकारलाई चेतावनी दिएको हो ।

साथै देशभर सम्पूर्ण शैक्षिक संस्थामा अनेरास्ववियु मातहात कमिटिहरुले यसको भण्डाफोर गर्ने समेत निर्देशन दिएको छ ।

आइतबार बाजुराको त्रिवेणी नगरपालिका–७ को नाट्यश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यकर्ताले चेतन अयडीको घरमै गएर कुटपिट गरेर मृत्यु भएको थियो ।


प्रतिक्रिया दिनुहोस्