१२ ठाउँमा एमालेको अग्रता, कांग्रेसले १० ठाउँमा लिड गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ६ « Arthapath.com
२४ असार २०८३, बुधबार

१२ ठाउँमा एमालेको अग्रता, कांग्रेसले १० ठाउँमा लिड गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी ६



काठमाडौं । मंसिर ४ गते मतदान सम्पन्न भएसँगै अहिले देशभर मतगणना सुरु भइरहेको छ । दिउँसो ३ बजेसम्म ३० ठाउँमा मतगणना सुरु भइरहदाँ एमालेले आफ्ना अग्रता काममै राखेको छ ।

अहिले एमालेले १२ ठाउँमा, काग्रेसले ५ ठाउँमा, राष्ट्रिय स्वतन्त्र पार्टीले ५ ठाउँमा, जनमत पार्टीले २ ठाउँ, राप्रपा २ ठाउँ, माओवादी १ ठाउँमा अग्रता कायम गरेको छ । त्यस्तै मुस्ताङ क्षेत्र १ बाट नेपाली कांग्रेसका नेता योगेश गौचन थकालीले जित हासिल गरी सकेका छन् ।

एमालेले झापा क्षेन न २, चितवन क्षेत्र न २, बाँके क्षेन न ३, काठमाडौं क्षेत्र न ९,३, धनुषा क्षेत्र न ३, ललितपुर क्षेन न १,२,३, दैलेख क्षेत्र न १, सुर्खेत क्षेत्र न २, दाङ क्षेत्र न ३, मा अग्रता लिएको छ ।

कांग्रेसले ८ ठाउँमा नवलपुर क्षेत्र न २, भक्तपुर क्षेत्र न २, काठमाडौं क्षेन न १,४,६,१० र कपिलबस्तु क्षेत्र न ३, तनहु क्षेत्र न २ मा अग्रता रहेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टीले ६ ठाउँमा काठमाडौं क्षेत्र न २, ६,७,८ र कास्की क्षेत्र न २ र झापा क्षेत्र न ४ र कन्चनपुर क्षेत्र न ३ मा अग्रता कायम राखेको छ । त्यस्तै जनमत पार्टीले सप्तरी क्षेत्र न २, १ मा अग्रता कायम राखेको छ ।

राप्रवाले २ ठाउँ भक्तपुर १ र झापा ३ र नागरिक उन्मुतिm पार्टी कैलाली क्षेत्र न १,३ र माओवादी पार्टी सर्लाही क्षेत्र न ३ र लोकतान्त्रीक समाजवादी पार्टी रुपन्देही क्षेन ४ बाट अग्रता लिइरहेका छन् ।

पुराना पार्टीबाट रुष्ट भएका आम जनसमुदायलृ विकल्पको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई रोजेको पाइन्छ ।


प्रतिक्रिया दिनुहोस्