काठमाडौं–४ बाट कांग्रेस महामन्त्री गगन थापा विजयी « Arthapath.com
२४ असार २०८३, बुधबार

काठमाडौं–४ बाट कांग्रेस महामन्त्री गगन थापा विजयी



काठमाडौं । काठमाडौं–४ बाट कांग्रेस महामन्त्री गगन थापा जित हासिल गरेका छन् । थापाले एमालेका राजन भट्टराईलाई हराउदैं सहज जित निकालेका हुन ।

थापाले २१ हजार २९४ भोट ल्याउँदै जित निश्चित गर्दा भट्टराईको १३ हजार ८५३ मत आएको छ । अघिल्लो चुनावमा पनि यस क्षेत्रबाट भट्टराई नै हराउँदै गगन विजयी भएका थिए ।

यसपटक सत्तारुढ गठवन्धनको समर्थनका कारण उनको जित थप सहज बनेको हो ।


प्रतिक्रिया दिनुहोस्