यी हुन एमालेले अग्रता लिएका ३८ स्थान
काठमाडौं । मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्पन्न भएसँगै हाल देशभर मतगणना सुरु भइरहेको छ । अहिलसम्म ५ ठाउँको अन्तिम परिणम आइसक्दा कांग्रेसले ४ ठाउँ एमालेले १ ठाउँमा जित हासिल गरेको हो ।
विभिन्न ठाउँमा मतगणना चलि रहदाँ ३८ ठाउँमा नेकपा एमालेले अग्रता कायम राखेको छ । एमालेले पाँचथर १, सिन्धुपाल्चोक १, इलाम १, सर्लाही ३, सिराहा ३, सिन्धुली १, बैतडी १, मकवानपुर २, बाँके १, झापा २, गुल्मी २, कन्चनपुर १, पाल्पा १, चितवन २, पाल्पा २, झापा ४, नुवाकोट १, धनुषा २ र अर्घाखाँची १ मा अग्र स्थानमा रहेको छ ।
त्यस्तै, काठमाडौं ९, रुपन्देही १, धनुषा ३, बारा १, भत्तलापुर १, कास्की १, उदयपुर २, बारा ३, धनकुटा १, मोरङ १, कास्की ३, दैलेख १, मोरङ २, कपिलबस्तु १, पर्सा ३, सिराहा १, कैलाली ४, झापा ५, लमजुङ १ मा एमालेले अग्रता लिएको छ ।













