डोटीमा आले १५ हजार ९४५ मत सहित अग्र स्थानमा, गौरि ओलि पछिपछि « Arthapath.com
७ मंसिर २०७९, बुधबार

डोटीमा आले १५ हजार ९४५ मत सहित अग्र स्थानमा, गौरि ओलि पछिपछि



काठमाडौं । डोटीमा प्रतिनिधि सभा सदस्यको ३४ हजार ५५० मत गणना भएको छ । जिल्लामा एकीकृत समाजवादीका उम्मेदवार पूर्व मन्त्री प्रेम आले सुरु देखि नै अग्रता कायम राखेको छ ।

उनले १५ हजार ९४५ मत ल्याउदा एमालेका उम्मेवदार गौरी वलीको १२ हजार ३५२ मत छ । स्वतन्त्र उम्मेदवारी दिएका नरेन्द्र खड्काको २ हजार ९०८ मत छ । राष्ट्रिय स्वतन्त्र पार्टीका केशव बलायरको ३१८ ल्याएका छन् । साथै, राप्रपा अंकबहादुर खड्का ४५४ मत ल्याएका हुन ।

डोटीको प्रदेश सभा, निर्वाचन क्षेत्र नम्बर १ मा चक्र मल्ल अगाडि छन्। गठबन्धनका नरेन्द्र सिँह उनको पछिपछि रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्