श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको विशेष साधारण सभा मंसिर २३ गते, यस्ता छन् एजेण्डा « Arthapath.com
२१ असार २०८२, शनिबार

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको विशेष साधारण सभा मंसिर २३ गते, यस्ता छन् एजेण्डा



काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले विशेष साधारण सभा मंसिर २३ गतेका लागि बोलाएको छ । कम्पनीको मंसिर ७ गते बसेको संचालक समितिको बैठकले कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा विहान १० बजे बस्ने गरी सभा आव्हान गरेको हो ।

विशेष साधारण सभाले कम्पनीको गत असार २० गतेदेखि मंसिर २३ गतेसम्म वर्तमान सञ्चालक समितिले गरेको कामकाजको अनुमोदन गर्नेछ । सभाले संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट ३ जना गरी ६ जना सञ्चालकहरूको निर्वाचन समेत गर्नेछ ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १५ गते एक दिन बुक क्लोज गरेको हुदाँ मंसिर १४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्