लाभांश प्रस्ताव पारित गर्दै नेपाल लाइफ इन्स्योरेन्सको साधारण सम्पन्न « Arthapath.com
८ मंसिर २०७९, बिहीबार

लाभांश प्रस्ताव पारित गर्दै नेपाल लाइफ इन्स्योरेन्सको साधारण सम्पन्न



काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न भएको छ । बिहिबार सभा होटल भिष्वा, विरगंज (पर्सा) मा लाभांश पारित गर्ने सम्पन्न भएको हो ।

इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट संचालक समितिले शेयरधनीहरुलाई चुक्ता पूँजीको १५ दशमलव ७८९५ प्रतिशत नगद लाभांश वितरण पारित गरेको छ ।

साथै, सभाले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक विवरण छलफल गरी पारित, आर्थिक वर्ष २०७७÷०७८ का वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण उपर छलफल गर्ने, आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षक नियुत्ति गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित समेत पारित भएको हो ।

साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कात्तिक १८ गते एक दिन बुक क्लोज गरेको हुदाँ कात्तिक १७ गतेसम्म कायम शेयरधनीले सभामा भाग लिएका थिए ।


प्रतिक्रिया दिनुहोस्