एमालेको समानुपातिक मत १० लाख कट्दा दोस्रो स्थानमा कांग्रेस, राष्ट्रिय स्वतन्त्रलाई पछ्याउदैं माओवादी « Arthapath.com
२४ असार २०८३, बुधबार

एमालेको समानुपातिक मत १० लाख कट्दा दोस्रो स्थानमा कांग्रेस, राष्ट्रिय स्वतन्त्रलाई पछ्याउदैं माओवादी



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको परिणम सार्वजनिक भइरहेको छ । प्रतिनिधिसभा तर्फको समानुपातिक मतगणनाको पछिल्लो मतपरिणाम अनुसार नेकपा एमालेले १० लाख १७ हजार ६५६ मत प्राप्त गरेको छ ।

दोस्रो स्थानमा नेपाली कांग्रेसले ९ लाख ७० हजार ८७७ मत पाएको छ भने तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ४ लाख ८४ हजार ८८६ मत पाएको छ ।

त्यस्तै, माओवादी केन्द्रले ४ लाख ४६ हजार ५९४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले २ लाख ६० हजार १२० मत, जनता समाजवादी पार्टीले १ लाख २९ हजार १५७ मत, जनमत पार्टीले ७७ हजार २५९ र नेकपा एकीकृत समाजवादी पार्टीले ७१ हजार ६६७ मत पाएको छ ।


प्रतिक्रिया दिनुहोस्