नेपाली पात्रोको नयाँ अपडेट सार्वजनिक « Arthapath.com
९ मंसिर २०७९, शुक्रबार

नेपाली पात्रोको नयाँ अपडेट सार्वजनिक



काठमाडौं । दुई महिना अघि सार्वजनिक गरेको अपडेट ‘यो गज्जब छ’ पछि “नेपाली पात्रो” ले ‘अद्भूत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ भन्ने थिममा आइएसओ तथा एन्ड्रोइड दुवै माध्ययमहरुमा नयाँ अपडेट सार्वजनिक गरेको छ ।

यो अपडेटले देशभर र देश बाहिरबाट संचालन हुने नेपाली रेडियोहरुलाई समेट्ने काम त गरेको छ जनाएको छ । साथै यसले रेडियोमा केही अद्भूत र अहिलेसम्म रेडियो एप्लिकेशनमा प्रयोग नभएका केही नविन र स्मार्ट सुविधा समेटेको छ ।

नेपाली पात्रो प्रयोगकर्ता र नेपाली पात्रोमा रहेको रेडियोलाई ग्रकहकहरुका लागि अझै स्मार्ट, अझै अद्भूत र विविध उपयोगी सुविधा समेटेर‘अद्भूत रेडियो–रेडियो पनि अनलाइन समाचार पनि’ सार्वजनिक गरेको जनाएको छ । जसमा रेडियोका स्रोताहरुले नेपाली पात्रोमा रहेको आफूलाई मनपर्ने रेडियोलाई सुन्दा त्यही त्यस रेडियोको आधिकारीक अनलाइन समाचारका हेडलाइनहरु पनि देख्न सक्नेछन् ।

ति समाचारहरुलाई विभिन्न सामाजिक सञ्जालहरुमा शयर गर्न पनि मिल्ने जनाएको छ । सातवटै प्रदेशका लोकप्रिय स्थानीय एफएमररेडियोहरुले अनलाइन भर्जनमा समेट्ने पलपलको खबर, अपडेटेड र ब्रेकिङ समाचारहरु सोही रेडियोको पेजमा पढ्न सकिनेछ ।

यसले प्रयोगकर्तालाई स्थानीय रेडियोले प्रशारण गरेको रेडियो सामाग्रीहरु मध्ये ताजा सूचना तथा समाचारहरु अनलाइन माध्ययमबाट पढ्न पनि सक्नेछन् । प्रयोगकर्ताले नेपाली पात्रो लगइन गरी आफूलाई मनपरेको रेडियोलाई फेब गर्ने, विभिन्न सामाजिक सञ्जालमा सेयर गर्ने, उक्त रेडियो कतिजनाले सुने र कति वटा लाइक भयो भन्ने कुराहरु देख्न सक्नेछन् ।

साथै रेडियो सुन्ने प्रयोगकर्ताहरुले नेपाली पात्रो लगइन गरी आफूले सुन्ने रेडियोमा आफ्नो विचार सम्प्रेशन समेत गर्न सक्नुक्नेछन् । त्यसरी सम्प्रेशन गरिएका विचारहरुमा अन्य प्रयोगकर्ताले प्रतिक्रिया समेत दिन सक्नेछन् ।

नयाँ अपडेटमा रेडियो खोज्नका लागि सजिलो सर्च माथिल्लो भागमै सहज हुनेगरी राखिएको छ भने नेपाली पात्रोमा धेरै सुनिने ट्रेण्डिङमा रहेका रेडियोहरु, प्रदेश अनुसारका रेडियोहरु, फ्रिक्वेन्सी सहितका रेडियोहरु र प्रिक्वेन्सी नभएका तर अनलाइन माध्ययममा रहेका लोकप्रिय अनलाइन रेडियोहरु पनि एप्लिकेशनको माथिल्लो ट्याबहरुमा समेटिएका छन् ।

यस सुविधाले प्रयोगकर्तालाई फ्रिक्वेन्सी रेडियो र अनलाइन रेडियो मध्ये जुन माध्ययमको रेडियो सुन्न मन लाग्छ सोहि अनुसारको ट्याबलाई सेलेक्ट गरी आफूलाई मनपर्ने रेडियो सुन्न र खोज्न सजिलो बनाएको छ ।

दुई अर्को अद्भूत सुविधा विश्वकप फुटबल सक्किए लगत्तै हामीले सार्वजनिक गर्ने तयारी गरेका छौं र ती दुवै सुविधा रेडियो स्रोता, रेडियोकर्मी तथा प्रविधिका हिसाबले अझै नविन हुने नेपाली पात्रोका प्रमुख कार्यकारी निर्देशक सन्तोष कुमार देवकोटाले बताए ।

यस रेडियो अपडेट बाहेक अहिले नेपाली पात्रोमा विश्वकप फुटबलको स्कोर अपडेट, सहभागी टोली, अंक तालिका, लाइनअप, हरेक खेलको स्ट्याट र लाइभ टेक्स्ट कमेन्ट्रि सहितको सुविधा ‘आइएमई फुटबल २०२२ पनि समावेश रेको छ भने ‘आम निर्वाचन २०७९’ मतगणनाको लाइभ अपडेट पनि हेर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्