समानुपातिकतर्फ ८४ लाख मतगणना सम्पन्न, एमालेको अग्रता कायमै पछिपटि कांग्रेस « Arthapath.com
११ मंसिर २०७९, आईतवार

समानुपातिकतर्फ ८४ लाख मतगणना सम्पन्न, एमालेको अग्रता कायमै पछिपटि कांग्रेस



काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतपरिणम सार्वजनिक करिब करिब सकिन लाग्दा अहिले समानुपातिकतर्फको मतगणना धमाधम जारी रहेको छ ।

निर्वाचन आयोगका अनुसार दिउँसो १२ बजेसम्म कूल ८४ लाख २१ हजार सात सय ५३ मत गणना सम्पन्न गरेको छ । जसमा नेकपा एमालेले २३ लाख १६ हजार सात सय ३६ मत प्राप्त गरेको छ ।

दोस्रोमा रहेको नेपाली कांग्रेसले २२ लाख १८ हजार सात सय ४६ मत प्राप्त गरेको छ । तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले नौ लाख ६९ हजार तीन सय ९६ मत प्राप्त गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले नौ लाख २८ हजार एक सय २४ मत, राष्ट्रिय प्रजातन्त्र पार्टीले चार लाख ८७ हजार आठ सय ५५ मत प्राप्त गरेका छन् ।

जनता समाजवादी पार्टीले दुई लाख ८९ हजार आठ सय ६८, नेकपा एकीकृत समाजवादीले दुई लाख २४ हजार एक सय ७१ मत प्राप्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्