प्याब्सकले फुटसल कप आयोजना गर्ने « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

प्याब्सकले फुटसल कप आयोजना गर्ने



काठमाडौं । निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबार देखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिता बारे जानकारी गराएको हो ।

संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सकका महासचिव राजनश्रेष्ठ ‘धरातल’ ले जनाए । प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयले मात्रै सहभागिता जनाउन पाउने श्रेष्ठको भनाई छ । विद्यार्थीको सीपविकास गर्ने उद्देश्यले प्याब्सकले यस प्रकारका कार्यक्रम आयोजना गर्दै आएको पनि महासचिव श्रेष्ठले जनाए ।

प्रतियोगितामा प्रथम हुने टिमले १० हजार रुपिँया नगद सहित ट्रफी र प्रमाणपत्र, दोस्रो हुने टिमले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र तथा तेस्रो हुने टिमले ३ हजार नगदसहित ट्रफी र प्रमाणपत्र पाउने प्रतियोगिता आयोजक समितिका संयोजक राजु पुडासैनीले जानकारी दिए ।

अठार वर्षअघि स्थापना गरिएको प्याब्सकले पटक–पटक शैक्षिक सहित सिर्जनात्मक कार्यक्रम गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । प्याब्सकले यसअघि प्रिन्सिपल बीच पनि फुटसल प्रतियोगिता गराएको थियो । विद्यार्थीबीच खेलाइने यो सातौं प्रतियोगिता भएको आयोजकले जनाएको छ ।

प्याब्सकमा काठमाडौँको उत्तरी बेल्टका ४० भन्दा बढी निजीतथाआवासीयविद्यालयहरू समावेश छन् ।


प्रतिक्रिया दिनुहोस्