प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १६५ क्षेत्रको नजिता सार्वजनिक, कुन को कति सिट ? « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १६५ क्षेत्रको नजिता सार्वजनिक, कुन को कति सिट ?



काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रदेश सभा र प्रतिनिधि सभाको निवाचनसँगै सबैं क्षेत्रको नतिजा सार्वजनिक भइसकेको छ । प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्र र प्रदेशका ३३० क्षेत्रका नतिजा सार्वजनिक भएको हो ।

प्रतिनिधि सभाका १६५ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी नेपाली कांग्रेसले ५७ मा जित हासिल गरेका हो । उक्त जित प्रत्यक्ष तर्फको हो । दोस्रोमा नेकपा एमालेले ४४ क्षेत्रमा जित हासिल गर्दै दास्रो स्थानमा सफल भएको छ ।

त्यस्तै, नेकपा (माओवादी केन्द्र)ले १८ क्षेत्र, नेकपा (एकीकृत समाजवादी)ले भने १० सिट, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले बराबर ७ क्षेत्र, लोकतान्त्रिक समाजवादी पार्टीले ४ क्षेत्र, नागरिक उन्मुक्ति पार्टीले ३ क्षेत्रमा जित हासिल गरेको छ ।

राष्ट्रिय जनमोर्चा, नेपाल मजदुर किसान पार्टी र जनमत पार्टीले एक एक निर्वाचन क्षेत्रमा जित हासिल गर्दा स्वतन्त्र ५ वटा निर्वाचन क्षेत्रबाट निर्वाचित भएका छन् ।


प्रतिक्रिया दिनुहोस्