कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न सुनचाँदी व्यवसायीको आग्रह « Arthapath.com
१९ मंसिर २०७९, सोमबार

कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न सुनचाँदी व्यवसायीको आग्रह



काठमाडौं । सुनचाँदी ब्यवसायीहरुले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति ब्यवस्थापन गर्न आग्रह गरेका छन् । कच्चा पदार्थको अभावमा व्यवसाय सञ्चालनमा नै कठीनाई भएको भन्दै उनीहरुले आपूर्ति व्यवस्थालाई सुधारगर्न आग्रह गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायीसंघ चितवनको प्रतिनिधीमण्डलले शोमबार नेपाल सुनचाँदी ब्यवसायी महासंघमा एक ज्ञापनपत्र बुझाउँदै आपूर्ति व्यवस्था प्रावकारी बनाउन र यसकालागि सरकार सँग आवश्यक समन्वय समेत र्गर्न आग्रह गरेका छ ।

महासंघका अध्यक्ष माणिकरत्न शाक्यलाई ज्ञापनपत्र बुझाउनेक्रममा संघको सो प्रतिनिधीमण्डलले सुनको वितरण प्रणालीमा समेत सुधारगरी समसामयिक र व्यवहारिक वनाउन आग्रह गरेको छ । संघका अध्यक्ष डा. यमबहादुर विश्वकर्माको नेतृत्वमा गएको प्रतिनिधीमण्डले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी प्रभावकारी व्यवस्था गर्न समेत आग्रह गर्यो ।

त्यसक्रममा महासंघका अध्यक्ष शाक्यले व्यवसायीका गुनासालाई महासंघले गंभिररुपमा लिएको र समस्या समाधानकालागि आवश्यक पहल गर्ने प्रतिवद्धता जनाए । त्यसक्रममा महासंघका तर्फबाट वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, विशिष्ट सदस्य माणिकरत्न शाक्य, उपाध्यक्ष विपिन रामुदामु, पवन कुमार सोमानी, महेन्द्र शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मशुुन्दर शाक्य लगायतका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको व्यवसायीहरुको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्