हालसम्म कति बाँड्यो त सिद्धार्थ बैंकले शेयरधनीलाई लाभांशः यस्तो देखियो १२ वर्षे इतिहाँस « Arthapath.com
२१ मंसिर २०७९, बुधबार

हालसम्म कति बाँड्यो त सिद्धार्थ बैंकले शेयरधनीलाई लाभांशः यस्तो देखियो १२ वर्षे इतिहाँस



काठमाडौं । लाभांश सिजन चलि रहेको छ । अधिकांश बैंक तथा वित्तीय संस्थाहरुले आफ्ना शेयरधनीहरुलाई लाभांश खुवाइ रहेका छन् । बैंकहरुले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट लाभांश खुवाइ रहेका बुधबार एक वाणिज्य बैंकले लाभांश घोषणा गरेको छ ।

सिद्धार्थ बैंक लिमिटेडले आज आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । बैंकको मंसिर २० गते मंगलबार बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.५० प्रतिशत बोनश र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कुल १३.१६ प्रतिशत लाभाश वितरण गर्ने प्रस्ताव गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको आगामि वार्षिक साधारण सभाले पारित गरेपछि मात्र शेयरधनीहरुलाई वितरण गरिनेछ । अघिल्लो

आर्थिक वर्ष २०७७।०७८ मा बैंकले १४.२५ प्रतिशत बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ प्रतिशत लाभांश दिएको थियो ।

बैंकको १२ वर्षे इतिहाँस हेर्ने भने २ आर्थिक वर्षमा नगद लाभांश दिएको छैन भने एक आर्थिक वर्षमा बोनस शेयर दिएको छैन । बैंकले नगद लाभांश भन्दा बोनस शेयरमा जोड दिएको छ ।

१२ वर्षे यता बैंकले सबै भन्दा बढी लाभांश आर्थिक वर्ष २०७२।०७३ मा दिएको छ । बैंकले सो आर्थिक वर्षमा बोनस शेयरबाट शेयरधनीहरुलाई ३९ प्रतिशत दिएको हो ।

त्यस्तै, आर्थिक वर्ष २०७५।०७६ मा १० प्रतिशत बोनस र १५.२६ प्रतिशत नगद गरी कुुल २५.२६ प्रतिशत, आर्थिक वर्ष २०७०।०७१ मा १२ प्रतिशत बोनस र ११.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश दिएको छ ।

बैंकले सबै भन्दा कम लाभांश भने आर्थिक वर्ष २०६८।०६९ मा दिएको छ । सो आर्थिक वर्षमा बैंकले ८.४२ प्रतिशत मात्र नगद लाभांश दिएको छ ।

बैंकले कुन वर्ष कति बाड्यो त लाभांश ?


प्रतिक्रिया दिनुहोस्