१७ लघुवित्तको लाभांश: जाल्पाले सबैभन्दा बढी दिदाँ गुराँस लघुवित्तले कम, कुनले तोक्यो साधारण सभा ?

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले धमाधम लाभांश घोषणा गरिरहेका छन् । वित्तीय कम्पनीहरुले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश वितरणको घोषणा गरेका हुन् ।
हालसम्म अधिकांश बैंकहरुले लाभांश घोषणा गरि सेयरधनीलाई वितरण गरिसकेको छन् ।कतिपयले पारित गर्न साधारण सभा आव्हान गरेका छन् । तर, लाभांश घोषणा गर्न भने धेरै लघुवित्त वित्तीय कम्पनीहरु बाँकी देखिएका छन् । हालसम्म एक दर्जन बढी लघुवित्तले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई प्रतिफल दिने घोषणा गरेका हुन् । घोषणा गरिसको केही कम्पनीहरुले भने साधारण सभा समेत बोलाएका छन् । अहिलेसम्म १७ लघुवित्तहरुले लाभांश घोषण गरी सकेका छन् ।
निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट २० प्रतिशतले लाभांश दिने निर्णय गरेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश गरि कुल ४३ करोड ९० लाख ५ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको हो ।
महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २६ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ४७.५ प्रतिशत बोनस र २.५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल ५० प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस र ११.०५६३२ प्रतिशत नगद (कर प्रयोजन) का लागि गरी कुल २१.०५२६३२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष २५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको २० प्रतिशत बोनस र ५ प्रतिशत नगद (कर प्रयोजनं) गरी कुल २५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७३ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनका लागि ३.८४२१ प्रतिशत नगद लाभांश दिने भएको हो ।
आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आव को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्तााव गरेको हो । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको मंसिर १९ गते बसेको संचालक समितिको बैठकले २६ प्रतिशत बोनस र १.३६८४ प्रतिशत नगद लाभांश गरी कुल २७.३६८४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
नेरुडे लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश घोषणा गरेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई २२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१५७९ प्रतिशत नगद गरि कुल २३.१५७९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । कम्पनीले पुष मसान्तभित्र साधारण सभा गर्ने नसक्ने बताइ सकेको छ ।
आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको पुष ८ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीको छ्रैटो वार्षिक साधारण सभा माघ १३ गतेका लागि बोलाएको हो । कम्पनीले साधारण सभा प्रयोजनका लागि माघ ३ गते बुक क्लोज गर्दै छ ।
सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) लागि गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि पुष १९ गते कम्पनीले बुक क्लोज गरी सकेको छ ।
मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको १० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ । जसका लागि कम्पनीले माघ ६ गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले पुष २२ गते बुक क्लोज गरी सकेको छ ।
फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । लघुवित्तको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरी कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । कम्पनीले पुष ३० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले पुष २० गते बुक क्लोज गरी सकेको छ ।
गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो । कम्पनीको मंसिर २७ गते बसेको संचालक समितिको बैठकले आफ्ना शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र ०.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । कम्पनीले पुष ३० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले पुष १९ गते बुक क्लोज गरी सकेको छ ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ३० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले आफ्ना सेयरधनीलाई २५ प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (नगद लाभांश तथा बोनस सेयरमा लाग्नेकर समेतका लागि ) दिने भएको हो । लाभांश पारितका लागि कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि पुष १७ गते नै कम्पनीले बुक क्लोज गरी सकेको छ ।
साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको हो । कम्पनीको हाल कायम रहेको चुक्तापूँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद (कर प्रयोजन) गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुष ३० गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले पुष २० गते गरी सकेको छ ।
आरएसडिसी लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको मंसिर १० गते शनिबार बसेको संचालन समितिको बैठकले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनस र कर प्रयोजनका लागि ३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । कम्पनीले पुष २९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि कम्पनीले पुष १५ गते नै बुक क्लोज गरी सकेको छ ।
मिर्मिरे लघुवित्त वित्तीय संस्थाले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई २३ प्रतिशत बोनस सेयर मात्रै वितरण गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७७÷७८ मा मर्जर तथा प्राप्ति कार्य सम्पन्न गरि दुई संस्था प्राप्ति गरि एकीकृत कारोबार सुरु गरेकाले आयकर ऐन २०५८ बमोजिम सेयरधनीलाई बोनस वितरण गर्दा कर नलाग्ने भएकाले नगद लाभांश नदिने भएको हो । कम्पनीले पुष ३० गते वार्षिक साधारण सभा बोलाएको छ । जसका लागि पुष २० गते बुक गरीसकेको छ ।