मानसी थेरापी र चेरिश नेपाल फाउन्डेसनको सहकार्यमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम « Arthapath.com
१७ माघ २०७९, मंगलवार

मानसी थेरापी र चेरिश नेपाल फाउन्डेसनको सहकार्यमा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम



काठमाडौं । मानसी थेरापी (कोलकाता, भारत) र चेरिश नेपाल फाउन्डेसनको सहकार्यमा नेपालको ग्रामीण क्षेत्रका बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्देश्यले मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउन सेमिनार सम्पन्न गरेको छ ।

फाउन्डेसनले मालपुर माध्यमिक विद्यालय (शौराहा, चितवन) र श्री जनजीवन विद्यालय (माडी, चितवन) गरी दुई फरक विद्यालयको भ्रमण गरेको थियो । सेमिनारमा मनोवैज्ञानिकको टोलीले एक सय भन्दा बढी विद्यार्थीलाई मानसिक स्वास्थ्यबारे सम्बोधन गरेको थियो ।

“सो अवसरमा मानिसहरूमा हुने नकारात्मक सोचाइलाई दक्ष प्रशिक्षकद्वारा प्रदान गरिएको परामर्शले चिन्ता र डिप्रेसन जस्ता मानसिक स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्न मदत गर्ने” मनोवैज्ञानिक परामर्शदाता शिवानी शक्रानीले बताइन । “थेरापी वा काउन्सिलिङको उद्देश्य भनेको मानसिक स्वास्थ्यसँग सम्बन्धित चिन्ता, डिप्रेसन, तनाव, मनोवैज्ञानिक विकारहरू, तिनीहरूको जीवनका विभिन्न पक्षहरू (व्यक्तिगत र व्यावसायिक दुवै) मा समस्याहरूबाट गुज्रिरहेका मानिसहरूलाई सहयोग गर्नु हो ।

मानसिक स्वस्थता कायम राख्नु र सुधार गर्नु अर्को लक्ष्य हो जुन व्यावसायिक मद्दतबाट प्राप्त गर्न सकिन्छ” अर्को मनोवैज्ञानिक परामर्शदाता तारिका मोदीले बताइन ।


प्रतिक्रिया दिनुहोस्