मानव बेचबिखन ओसार पसारमा परेका १२ जना महिला तथा १ जना बालिकाको भारतबाट उद्दार « Arthapath.com
२० माघ २०७९, शुक्रबार

मानव बेचबिखन ओसार पसारमा परेका १२ जना महिला तथा १ जना बालिकाको भारतबाट उद्दार



काठमाडौं । मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा भारतको राजस्थान,जयपुर अन्तराष्ट्रिय विमानस्थलबाट ईथोपिया लैजानका लागी उक्त एयरपोर्टको अध्यागमन कार्यालयमा पुर्‍याइएको अवस्थामा मानव बेचबिखन ओसारपसारमा परेका १२ जना महिलाहरूको भारतबाट उद्दार गरिएको छ ।

नेपालका विभिन्न नाकाहरुबाट २०७९ सालको मंसिर र पुष महिनामा भारत पुर्‍याई दुवई हुदै भिजीट भिसामा ईथोपिया मा बैदेशिक रोजगारीको लागी लैजाने प्रलोभन देखाई नेपाली महिलाहरुलाई भारतको जयपुरमा लगी राखिएको र ती महिलाहरु मानव बेचबिखन ओसारपसार अपराधको उच्च जोखिममा रहेको भन्ने सूचनाको आधारमा उक्त व्यूरोबाट खटिएको प्रहरीले भारतको नयाँदिल्लीमा रहेको नेपाली राजदूतावास, भारतीय प्रहरी, भारतिय संस्था  HELP TRUST CROSS INDIA र नेपालस्थित शान्ति पुनस्थार्पना गृहको सहकार्यमा उनीहरूको उद्दार गरिएको हो ।

उनीहरुलाई नेपालबाट भारत पुर्‍याई भिजीट भिसामा दुवई हुदै ईथोपिया लैजाने कार्यमा नेपाली तथा भारतीय नागरिकहरुको संलग्नता रहेको पाइएकोमा नेपालबाट भारत लैजाने क्रममा जोगमनी, काँकडभिट्टा, जमुनाहा, सुनौली लगाएतका नाकाहरु प्रयोग हुने गरेको र मानव बेचबिखन ओसारपसार अपराधको जोखिममा रहेका पीडितबाट रकम नलिई पीडकलेनै खर्च गर्ने गरेको पाइएको छ । यसै गरी ईथोपिया लैजाने भनि भिजिट भिसामा दुबई लगी त्याँबाट घरायसी कामदारको रुपमा कार्य गर्ने गरी ओमान र कुवेतमा तस्करी गर्ने गरेको र विदेश जानको लागी राहदानी समेत पीडितहरुलेनै बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ ।

यसैगरी मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलको पहलमा मानवबेचबिखनमा परेकी १ जना बालिकाको भारतको रनहोला थानाको वडा एरिया अन्तरगतको मंगलबजार गल्ली नम्बर २ बापरुल्ला बिहार दिल्लीमा रहेको एक घरबाट मंगलबार उद्दार गरिएको छ ।

आफ्नो मामाघरबाट ती बालिका गत पुस १८ गते सम्पर्क विहीन भएको घटनाको थप अनुसन्धान गर्ने मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले ती बालिकलाई भारतको नयाँदिल्लीमा लगिएको खुल्न आएपछि उक्त व्यूरोको पहलमा नेपाली राजदूतावास, भारतिय प्रहरी, भारतिय संस्था प्क्ष्ल् क्ष्ल्म्क्ष्ब् को समन्वय तथा सहकार्यमा खोजी गरी ती बालिकाको उद्दार गरिएको हो ।

पीडकले ती बालिकालाई मामाघरबाट ल्याई काठमाडौंमा बन्धक बनाई राखेपश्चात नेपाल भारत सिमा सुनौलि हुँदै भारतमा पुर्‍याएपछि भारतको विभिन्न स्थानमा रहेका ३ जना फरक तान्त्रिक बाबा समक्ष लगिएपछि बालिकालाई उक्त स्थानमा राखिएको अवस्थामा फेला पारी उद्दार गरिएको हो । साथै उक्त घटनामा संलग्न ६ जना प्रतिवादीहरूलाई पक्राउ गरी घटनाको थप अनुसन्धान कार्य भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्