टर्कीमा फेरि भूकम्पः अहिलेसम्म १३ सयभन्दा बढीको मृत्यु « Arthapath.com
२३ माघ २०७९, सोमबार

टर्कीमा फेरि भूकम्पः अहिलेसम्म १३ सयभन्दा बढीको मृत्यु



काठमाडौं । टर्कीमा फेरि ७.५ म्याग्निच्युडको भूकम्प गएको छ। सोमबार बिहान स्थानीय समयअनुसार ४ बजेर १७ मिनेट जाँदा पनि टर्की र सिरियाको उत्तरपश्चिम क्षेत्रमा ७.८ म्याग्निच्युडको भूकम्प गएको हो ।

टर्की र उत्तरी सिरियामा भूकम्पका कारण मृत्यु हुनेको संख्या कम्तीमा १३ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । अहिले घटनास्थलमा उद्धार कार्य जारी रहेको छ ।

टर्की र सिरियाको यस क्षेत्रमा १ सय वर्षभन्दा लामो अवधिमा यो नै सबैभन्दा ठूलो भूकम्प हो ।


प्रतिक्रिया दिनुहोस्