उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायको उम्मेदवारी, सहभागी भएनन् लोसपा जनमत र नागरिक उन्मुक्ति पार्टी « Arthapath.com
२७ फाल्गुन २०७९, शनिबार

उपराष्ट्रपतिमा सत्ता गठबन्धनबाट जसपाका रामसहायको उम्मेदवारी, सहभागी भएनन् लोसपा जनमत र नागरिक उन्मुक्ति पार्टी



काठमाण्डौं । उपराष्ट्रपतिको निर्वाचनको लागि सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का रामसहाय प्रसाद यादवले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार जसपाका सांसद यादवले बानेश्वरस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका हुन् ।

नेपाली कांग्रेस, नेकपा माओवादी, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी भएका छन् । लोतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी उपस्थित छैनन् ।

रामसहाय प्रसाद यादवका प्रस्तावक अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् । यस्तै रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी समर्थक छन् ।

१० दलीय सत्ता गठबन्धनको बैठकले तीन जनाको उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो । जसपाबाट रामसहाय यादव, प्रमिला यादव र जनमत पार्टीको तर्फबाट ममता झाले उम्मेदवारी दर्ता गराउने निर्णय गरेको थियो। प्रमिलाले केही समयपछि दर्ता गराउने भएकी हुन् ।

साझा उम्मेदवार टुंगो लगाउन आइतबार पुनः बैठक बस्ने निर्णय समेत गठबन्धनले गरेको छ।

Tags :

प्रतिक्रिया दिनुहोस्