सिभिल लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित « Arthapath.com
२९ फाल्गुन २०७९, सोमबार

सिभिल लघुवित्तको साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित



काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को एघारौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सभाले गत आर्थिक वर्षको सेयरधनिलाई ११ प्रतिशत बोनस सेयर र ०.५८ प्रतिशत कर प्रयोजनका लागि नगद लाभांश सहित जम्मा ११.५८ प्रतिशत लाभांश पारित गरेको छ । साथै, सभाले वित्तीय संस्थाको नाम हिमालयन लघुवित्त वित्तीय संस्था रहने लगायतका सम्पूर्ण सामान्य र विशेष प्रस्तावहरु पारित गरेको छ ।

साथै, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नुका साथै चालु आर्थिक वर्षको लागि लेखा परीक्षकको नियुक्त र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरेको हो ।

साथै, कम्पनीको हालसम्म ७५ शाखा कार्यालयहरु मार्फत ७४ हजार भन्दा बढि सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दै १ अर्व ८ करोड बचत संकलन गरी ४ अर्ब २५ करोड भन्दा बढी लगानी गरेकोे छ ।


प्रतिक्रिया दिनुहोस्