स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त मर्जर जान राष्ट्र बैंकले दियो सैद्धान्तिक सहमति

काठमाडौं । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ ।
राष्ट्र बैंकले फागुन २८ गते दुई कम्पनीलाई मर्जरका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । गत पुस १८ गते यी दुई कम्पनीले मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका वडा नम्बर ७ मा केन्द्रिय कार्यालय रहेको समता घरेलु लघुवित्त र बनेपा नगरपालिका वडा नम्बर ५ मा केन्द्रिय कार्यालय रहेको स्वरोजगार लघुवित्त एक हुन लागेका हुन । हाल समता घरेलु लघुवित्तको चुक्तापूँजी ३४ करोड २७ लाख ४४ हजार रहेको छ ।