अधिकांश लघुवित्तको नाफामा संकुचन, विजय र निर्धनको झण्डै दोब्बरले घट्यो, कुनको कति ? « Arthapath.com
२६ बैशाख २०८०, मंगलवार

अधिकांश लघुवित्तको नाफामा संकुचन, विजय र निर्धनको झण्डै दोब्बरले घट्यो, कुनको कति ?



काठमाडौं । हालसम्म एक दर्जन भन्दा बढी कम्पनीले आर्थिक वर्ष २०७९।८० को तेस्रो त्रैमाससम्मको वित्तीय रिर्पोट सार्वजनिक गरेका छन् । संचालनमा रहेका लघुवित्तमा १६ कम्पनीले त्रैमासिक रिर्पोट सार्वजनिक गर्दा अधिकांशको मुनाफामा पहिरो गएको छ ।

लघुवित्तको खराब कर्जा बढ्नुले मुनाफा ओरालो लाग्न पुगेको छ । अधिकांश लघुवित्तको मुनाफा ओरालो लाग्दा यसको प्रभाव सेयर बजारमा समेत पर्ने गएको छ । राष्ट्र बैंकले लघुवित्तमा गरेको कडाइले सेयर बजारमा लघुवित्तको सेयर मूल्य ओरालो लागि रहेको बेला वित्तीय रिर्पोटमा समेत देखिएको गिरावटले लगानीकर्ता त्रसित बनेको छन् ।

हालसम्म तेस्रो त्रैमाससम्मको रिर्पोट सार्वजनिक गरेका १६ लघुवित्त मध्ये दुई कम्पनीको मुनाफामा मात्र सुधार देखिएको छ । १३ कम्पनीको मुनाफा घटेपनि धौलागिरी लघुवित्त भने ऋणत्मक अवस्था देखा परेको छ ।

चैत मसान्तसम्मको अवधिमा फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको मुनाफा १७.१२ प्रतिशतले बढेर १९ करोड ४५ लाख ७७ हजार रुपैयाँ पुगेको छ । यता, नाफा बढाउने अर्का कम्पनी आरएमडिसी लघुवित्तको भने ३.१९ प्रतिशतले बढेर २७ करोड ४४ लाख ६९ हजार रुपैयाँ पुगेको हो ।

यस्तै, धौलागिरी लघुवित्तको मुनाफामा भने गिरावट आएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ करोड ३२ लाख ७९ हजार रुपैयाँ मुनाफा गरेको लघुवित्तले चालु आर्थिक वर्षको सोहि अवधिमा भने ४१ लाख ६ हजार रुपैयाँ ऋणत्मक रहेको छ ।

साथै, विजय लघुवित्तको मुनाफा सर्वाधिक घटेको छ । यस अवधिमा कम्पनीको मुनाफा ९८.०९ प्रतिशतले घटेर १७ लाख ६१ हजार रुपैयाँमा खुम्चिएको छ । निर्धन उत्थान लघुवित्तको मुनाफा ९४.५१ प्रतिशतले घटेर ४ करोड ४० लाख २४ हजार रुपैयाँ, नाडेप लघुवित्तको ८९.९५ प्रतिशतले घटेर ५२ लाख २२ हजार रुपैयाँ, सिभिल लघुवित्तको ८७.५८ प्रतिशतले घटेर ६५ लाख ५५ हजार रुपैयाँ, ग्रामिण विकास लघुवित्तको ७९.१८ प्रतिशतले घटेर ५ करोड ९० लाख ६ हजार रुपैयाँ, आशा लघुवित्तको ७३.२३ प्रतिशतले घटेर ३ करोड ३० लाख ४३ हजार रुपैयाँ र कालिका लघुवित्तको ६८.१५ प्रतिशतले घटेर ३ करोड ५६ लाख २३ हजार रुपैयाँ पुगेको छ ।

त्यसैगरी, जीवन विकास लघुवित्तको ४६.११ प्रतिशतले मुनाफा घटेर ३२ करोढ ९२ लाख २९ हजार रुपैयाँ, सपोर्ट लघुवित्तको ४२.८८ प्रतिशतले घटेर ६३ लाख ३१ हजार रुपैयाँ, गणपति लघुवित्तको २८.१४ प्रतिशतले घटेर १ करोड ४९ लाख २२ हजार रुपैयाँ, आत्मनिर्भर लघुवित्तको २७.६३ प्रतिशतले घटेर ४ करोड ४६ लाख ५ हजार रुपैयाँ र आरएसडिसी लघुवित्तको ८.८१ प्रतिशतले घटेर ८ करोड ६० लाख २४ हजार रुपैयाँ मुनाफा भएको छ ।

स्रोतः कम्पनीले सार्वजनिक गरेको वित्तीय रिर्पोट, रकम रु. हजारमा



प्रतिक्रिया दिनुहोस्