बीमितको स्वास्थ्य परिक्षणमै जीवन बीमा कम्पनीले खर्चिए ५ करोड, कुनले कति ? « Arthapath.com
१० जेष्ठ २०८०, बुधबार

बीमितको स्वास्थ्य परिक्षणमै जीवन बीमा कम्पनीले खर्चिए ५ करोड, कुनले कति ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा ५ करोड ३ लाख भन्दा बढी खर्च गरेका छन् ।

संचालनमा रहेका १७ वटा जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्ष २०७९।०८० को नौ महिनाको अवधिमा बीमितको स्वास्थ्य परिक्षणका लागि ५ करोड ३ लाख १० हजार रुपैयाँ खर्च गरेका हुन् ।

जीवन बीमा ब्यवसाय गर्ने कम्पनीहरुले सार्वजनिक गरेको वित्तीय रिर्पोटले यस्तो देखाएको हो । कुनै पनि बीमितले जीवन बीमा गर्न अगावैं स्वास्थ्य परिक्षण गर्ने ब्यवस्था रहेको छ ।

जीवन बीमा कम्पनीहरुको स्वास्थ्य परिक्षण शुल्क गत आर्थिक वर्षको तुलानामा भने ३७.७७ प्रतिशतले घटेको छ । गत आर्थिक वर्षको चैत समान्तसम्ममा कम्पनीहरुले स्वास्थ्य परिक्षणमा ८ करोड ८ लाख ५० हजार रुपैयाँ खर्चिएका थिए । १७ जीवन बीमा कम्पनीमा सबै कम्पनीको स्वास्थ्य परिक्षण शुल्क घटेको छ ।

चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा सबै भन्दा बढी नेशनल लाइफ इन्स्योरेन्सको स्वस्थ्य परिक्षण शुल्कमा १ करोड ३ लाख ४७ हजार रुपैयाँ खर्चिएको छ । जुन गत आर्थिक वर्षको भन्दा १५.९२ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोहि अवधिमा उक्त खर्च १ करोड २३ लाख ७ हजार रुपैयाँ रहेको थियो ।

स्वस्थ्य परिक्षण शुल्क बढी खर्चिने कम्पनीमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ । कम्पनीले ८१ लाख ६३ हजार रुपैयाँ खर्चिएको छ । जुन गत आर्थिक वर्षको भन्दा १०.५८ प्रतिशतले कम हो ।

त्यस्तै, स्वस्थ्य परिक्षण शुल्कमा क्रमशः रिलायबल नेपाल लाइफको १८.४ प्रतिशतले घटेर ४९ लाख ५५ हजार रुपैयाँ, एलआइसी नेपालको २५.०८ प्रतिशतले घटेर ४८ लाख ११ हजार रुपैयाँ, सिटिजन लाइफको ६४.२७ प्रतिशतले घटेर ३७ ालख ७९ हजार रुपैयाँ, यूनियन लाइफको ५७.३७ प्रतिशतले घटेर २५ लाख ३४ हजार रुपैयाँ,राष्ट्रिय बीमा संस्थानको ३९.३८ प्रतिशतले घटेर २१ लाख ६५ हजार रुपैयाँ र एशियन लाइफको ५८.५५ प्रतिशतले घटेर २० लाख ५३ हजार रुपैयाँ खर्चिएका छन् ।

साथै, प्राइम लाइफको ३७.१३ प्रतिशतले घटेर १९ लाख ३ हजार रुपैयाँ, आइएमई लाइफको ५२.०४ प्रतिशतले घटेर १५ लाख ६९ हजार रुपैयाँ, प्रभु लाइफको ४९.७८ प्रतिशतले घटेर १४ लाख ४ हजार रुपैयाँ, सूर्यज्योति लाइफको ५०.५ प्रतिशतले घटेर १३ लाख ३४ हजार रुपैयाँ, मेट लाइफको २.९९ प्रतिशतले घटेर १२ लाख ९४ हजार रुपैयाँ, सन नेपाल लाइफको ५४.२५ प्रतिशतले घटेर १२ लाख ५४ हजार रुपैयाँ, महालक्ष्मी लाइफको ५१.२९ प्रतिशतले घटेर ११ लाख ३१ हजार रुपैयाँ, गुराँस लाइफको ४६.३४ प्रतिशतले घटेर ८ लाख ८० हजार रुपैयाँ र सानिमा रिलायन्स लाइफको ७ लाख ३४ हजार रुपैयाँ खर्चिएका छन् ।


प्रतिक्रिया दिनुहोस्