सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या करिब ३७ लाख

काठमाडौं । देशमा सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या करिब ३७ लाख रहेको छ ।
आर्थिक सर्वेक्षण र सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा प्रतिवेदन अनुसार यस्तो देखाएको हो । चालु आर्थिक वर्ष २०७९।८० को फागुनसम्म सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको संख्या ३६ लाख ८३ हजार ६ सय ५८ रहेको छ ।