अझै किन सूचीकृत हुन सकेन अरुण काबेली पावरको बोनस सेयर ? यसो भन्छ कम्पनी ! « Arthapath.com
५ असार २०८०, मंगलवार

अझै किन सूचीकृत हुन सकेन अरुण काबेली पावरको बोनस सेयर ? यसो भन्छ कम्पनी !



काठमाडौं । अरुण काबेली पावर लिमिटेडले दोस्रो बजारमा बोनस सेयर सूचीकरणका ढिलाई गरेको छ । कम्पनीको २०७९ कात्तिक ६ गते सम्पन्न १२औं वार्षिक साधारण सभाले पारित गरेको १० प्रतिशत बोनस सेयर सूचीकृतमा ढिलाई गरेको हो ।

कम्पनीको उक्त साधारण सभाले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको थियो । तर, सभा सकिएको सात महिना भइसक्दा समेत कम्पनीले सूचीकरणमा ढिलाई गरेको छ ।

कम्पनीले निष्कासन गर्ने हकप्रद सेयरका कारण बोनस सेयरमा सूचीकरणमा ढिलाई भएको कम्पनी सचिव थानेश्वर भट्टराईले बताए । उनले भने, “हकप्रद सेयरले गर्दा अलि झमेला भएका कारण बोनस सूचीकरण हुन सकेको छैन । अघिल्लो आर्थिक वर्षको वार्षिक साधारण सभाबाट हकप्रद सेयर र बोनस प्रस्ताव पारित भयो ।हकप्रद सेयर दिन ढिलाई भएका कारण बोनस सूचीकृतमा समेत समस्या देखिएको हो ।”

धितोपत्र बोर्ड र विद्युत नियमनमा देखिएको समस्याले समेत सूचीकृतमा समस्या भएको उनले बताए । “सभाबाट पारित गरेपछि नियमन निकायको सबै पदाधिकारी निलम्बनमा परे त्यहाँबाट स्वीकृत नआई धितोपत्रले अध्ययन गरेन र बोर्डको पनि केहि समस्याले बोनस सेयर सूचीकृतमा ढिलाई भएको हो” सचिव भट्टराईले भने ।

अबको प्रक्रिया पुरा भइ सकेको यो साता भित्र हकप्रद सेयरको स्वीकृत आए पश्चात बोनस सेयर सूचीकृत हुने उनले बताए ।

के छ प्रावधान ?

कम्पनी ऐन २०६२ को १८२ को (१) मा देहायका अवस्थामा बाहेक लाभांश दिने निर्णय भएको ४५ दिनभित्र शेयरधनीहरुलाई लाभांश वितरण गरी सक्नु पर्ने प्रावधान रहेको छ । सोहि बुदाको (३) उपदफा (१) मा म्यादभित्र लाभांश वितरण नगरेमा तोकिए बमोजिमको ब्याज थप गरी लाभांश वितरण भनिएको छ ।


प्रतिक्रिया दिनुहोस्