आरएसडिसी लघुवित्तको सेयर सर्वसाधारणको लागि बिक्रीमा « Arthapath.com
१ श्रावण २०८०, सोमबार

आरएसडिसी लघुवित्तको सेयर सर्वसाधारणको लागि बिक्रीमा



काठमाडौं । आरएसडिसी लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर सर्वसाधारणको लागि बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी कृष्ण प्रसाद बस्यालको नाममा रहेको ५ हजार ४३४ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयर खरिदको लागि संस्थापक सेरयधनी सहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाहरुले आवश्यक कागजात संकलन गरी आजको मितिबाट (साउन ७ गते) सम्म कम्पनीको सेयर रजिष्ट्रार बिओके क्यापिटल मार्केट लिमिटेड नक्साल काठमडौंमा अथावा आरएसडिसी लघुवित्तको रजिष्ट्रर्ड कार्यालय बुटवलमा आइपुग्ने गरी आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्