लक्ष्मी लघुवित्तको जगेडा कोषको आकार बढ्यो, साढे ३६ करोड बढी ब्याज आम्दानी, सेयरधनीलाई लाभांश कति ? « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

लक्ष्मी लघुवित्तको जगेडा कोषको आकार बढ्यो, साढे ३६ करोड बढी ब्याज आम्दानी, सेयरधनीलाई लाभांश कति ?



काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीले जगेडा कोषको आकार वृद्धि गरेको छ ।
गत आर्थिक वर्षको असार मसान्तसम्ममा कम्पनीको जगेडा कोष ०.६७ प्रतिशतले बढेर २१ करोड ५४ लाख १८ हजार रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा जगेडा कोष २१ करोड ३९ लाख ८२ हजार रुपैयाँ रहेको थियो ।

यसअवधिमा कम्पनीको खुद ब्याज आम्दानी ३६ करोड ६९ लाख ९७ हजार रुपैयाँ रहेको छ । जुन अघिल्लो आवको भन्दा ३१.३१ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ५३ करोड ४३ लाख ५४ हजार रहेको थियो ।

असार मसान्ससम्म ८ करोड ३० लाख ६४ हजार रुपैयाँ ऋणत्मक रहेको छ । अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको मुनाफा १५ करोड ९० लाख ९० हजार रुपैयाँ रहेको थियो ।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको संचालन नाफा २० करोड ६९ लाख ६२ हजार रुपैयाँ रहेकोमा यो वर्ष भने ८ करोड ३४ लाख ८० हजार रुपैयाँ रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्तापूँजी १५ प्रतिशतले बढेर ४४ करोड १६ लाख ६२ हजार रुपैयाँ, वितरणयोग्य नाफा ४७.४५ प्रतिशतले घटेर ६ करोड ९० लाख ९८ हजार रुपैयाँ र खराब कर्जा ८.३६ प्रतिशत रहेको छ । कम्पनीको लाभांश क्षमता १५.६४ प्रतिशत रहेको छ ।

साथै कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ८१ पैसा रहेको छ । अघिल्लो आवको सोहि अवधिमा भने ४१ रुपैयाँ ४२ पैसा रहेको थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ०१ पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्