एलआईसीले ल्यायो अभिकर्ता र कर्मचारी खुसिपार्ने योजना, १४ लाखलाई लाभ पुग्ने प्रस्तावमा अर्थ मन्त्रालय पनि ‘राजी’

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन, नेपालको माऊ कम्पनी एलआईसी (भारत)ले आफ्ना १३ लाख अभिकर्ताहरुलाई थप लाभ दिने भएको छ । यससम्बन्धि एक स्कीममा भारतको वित्त मन्त्रालयले सोमबारमात्रै स्वीकृति दिएको छ । कर्मचारी तथा अभिकर्ताको उपदान, पारिवारिक पेन्सन, आवधिक बीमा र नविकरण बापतको लाभजस्ता कुरामा वित्त मन्त्रालयले मञ्जुरी दिएको छ ।
मन्त्रालयको यस निर्णयले एलआईसीका १ लाख नियमित कर्मचारी र १३ लाख अभिकर्तालाई फाइदा पुग्ने भएको छ । यसबाट अभिकर्ताहरुको वित्तीय स्वास्थमा सुधार हुने मन्त्रालयको भनाइ छ । एलआईसीले भारतमा जीवन बीमाको विस्तार र ग्रामीण तहसम्म यसबारे जनचेतना फैलाउन ठूलो भूमिका निर्वाह गरेको छ ।
यही कारण सरकारले चार वटा स्कीम अघि सारेको हो । यसमा एलआईसीका कर्मचारीको परिवारको कल्याणका लागि पारिवारिक पेनसन योजनालाई ३ प्रतिशतको समान दर लगाउने भनिएको छ । यसअघि यस किसिमको पेनसनबापत १५ प्रतिशतमात्रै पैसा पाइने थियो । यससँगै आवधिक बीमा (टर्म इन्स्योरेन्स)को सीमा पनि बढाइएको छ । अभिकर्ताका लागि यस प्रकारको बीमा सुविधा विद्यमान अवस्थाको भन्दा भारु ३ देखि १ हजारले बढाएर भारु २५ हजारदेखि डेढ लाख पुर्याइएको छ ।
यसअघिको व्यवस्थामा एलआईसीका अभिकर्ताले पाउने उपदानको सीमा भारु ३ लाख रुपये थियो । अव यो सीमा पनि बढाएर भारु ५ लाख पुरेयाइएको छ । त्यस्तै कुनै अभिकर्ताले एक पल्ट एलआईसीका लागि काम गर्न छाडेर पुनः कम्पनीसँग काम गर्न आएमा पुरानो कामको कमिशनसमेत हिसाब गरेर दिने योजना पनि वित्त मन्त्रालयले स्वीकृत गरेको छ ।
भारतमा देशभर छरिएर सेवा दिइरहेका २४५ वटा बीमा कम्पनीहरुलाई अधिग्रहण गरेर भारत सरकारले सन् १९५६ को सेप्टेम्बर १ मा ‘भारतीय जीवन बीमा निगम–एलआईसी’ स्थापना भएको थियो । त्यति विशाल मर्जरबाट बनेको यो सरकारी स्वामित्वको कार्यक्रममा पनि पहिलो दिन नै २७ हजार कर्मचारी कार्यरत थिए ।
एलआईसीले नेपालसहित थुप्रै देशमा व्यवसाय विस्तार गरेको छ । भारतमै पनि यो कम्पनी अत्यधिक रोजगारी सिर्जना गर्ने कम्पनीहरुमध्ये एक ठूलो कम्पनी हो । उसले भारतको ग्रामीण भेगमा मात्रै १२ करोडभन्दा धेरै बीमालेख (पोलिसी) बेचेको सुनाए । अहिले भारतमा मात्रै एलआईसीको ८ वटा क्षेत्रीय, ११३ वटा डिभिजनल र देशभरको कारोबारको आकार भारु ५६ खर्बभन्दा बढी छ ।