सोनापुर मिनरल्सको सेयर मूल्य आइपीओ मूल्य भन्दा तल झर्यो « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सोनापुर मिनरल्सको सेयर मूल्य आइपीओ मूल्य भन्दा तल झर्यो



काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको सेयरमूल्य आइपीओको मूल्य भन्दा तल झरेको छ । कारोबारमा आएदेखि नकारात्मक सर्किट लागि रहेको कम्पनीको सेयर मूल्य आइपीओ मूल्य भन्दा तल आएको हो ।

आज अर्थात कात्तिक १५ गते बजार खुले पछि कम्पनीको सेयरमूल्य घटेर २३० रुपैयाँसम्म झरेको हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गर प्रतिकित्ता २३७ रुपैयाँ ५८ पैसामा आईपीओ निष्काशन गरेको थियो।

यो समाचार तयार पर्दासम्म (११ः३३ बजे) मूल्य प्रतिकित्ता २३८ रुपैयाँ ९० पैसा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्